त्रिविमा दुई विद्यार्थी नेता आमरण अनशनमा


काठमाडौं । अनेरास्ववियुका अध्यक्ष र उपाध्यक्ष त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित विभिन्न माग राखी आमरण अनशन बसेका छन् ।

त्रिविमा देखिएको विकृति, विसङ्गति र शैक्षिक सुधारको माग राखी अनशन बसेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तले बताए ।

उनीहरु दुवै जना हिजो असार २८ गते दिउँसो २ बजेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनशन बसेका हुन् ।

प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्ने, सेमेष्टर प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने, त्रिविका सबै सङ्कायको पाठ्यक्रम समयानुसार परिमार्जन गर्नुपर्ने, त्रिविमा देखिएका दुईखाले शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने, यस्तै त्रिविका पदाधिकारीको नियुक्ति प्रतिस्पर्धाका आधारमा हुनुपर्नेलगायतका माग राखी अनशनमा उनीहरुले बताए ।

यसैबीच आमरण अनशनमा बस्नुभएका अध्यक्ष पराजुली बिरामी भएका छन् । उपाध्यक्ष माधव पन्तका अनुसार उनमा उच्च रक्तचापलगायतका समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचारत रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।