आकाश र तनुजा राजा रानीको भेषमा



युवा–युवतीको प्रेमलाई फरक तरिकाले प्रस्तुत गर्दै एनआर क्रियसनको प्रस्तुतिमा शिरको फूल शिरैमा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ।

राम अविरल विष्टको शब्द रचना रहेको गीतमा प्रकाश रेग्मी र रेश्मा पुनको स्वर र एसडी योगीको संगीत छ। गीतमाथि रमाइलो ढंगको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई आकर्षक जोडीको रूपमा प्रस्तुत गरिएको छ।

भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल तनुजा वलीलाई राजा र रानीको भेषमा प्रस्तुत गरिएको छ। शिव विकको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अजय रेग्मीको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ। लोक शैलीको गीतको भिडियोमा नयाँ पुस्ताका युवा–युवतीबीचको प्रेमलाई फरक तरिकाले परिभाषित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्