टुबोर्ग ओपनमा अवसर



विश्व चर्चित तथा प्लेटिनम बिक्री गर्न सफल सांगीतिक कलाकार जेसन डेरुलो र टुबोर्गबीचको सहकार्यअन्तर्गत संसारभरका उदयीमान संगीत कलाकारलाई डेरुलोसँग सांगीतिक सहकार्य गर्ने अवसर दिइएको छ।

यो अवसर लस एन्जलसमा मिलेको हो। जहाँ हस्ताक्षर नगरिएका कलाकारले स्टुडियोमा जेसनसँग प्रत्यक्ष रूपमा संगीत प्रदर्शन, उत्पादन, लेखन र उद्योगमा सफल हुन आवश्यक विषयमा छलफल गरे र प्रत्येक कलाकारले द विल्टर्न थिएटरमा जेसन डेरुलोकोसामु प्रस्तुति दिए।

‘यदि तपाई एक संगीतकार बन्न चाहनुहु्न्छ भने, तपाई लगभग आफ्नै भरमा हुनुहुन्छ। त्यसैले म यी प्रतिभाशाली कलाकारको यात्राको हिस्सा बन्न पाउँदा कृतज्ञ छु।’ अभियानमा आफ्नो सहकार्यबारे बोल्दै डेरुलोले भने। टुबोर्ग ओपन प्रोजेक्टमा भेक (नेपाल), डीएमसी (भारत), सोखु्रलो अबदुलेभ (उज्ज्वेकिस्तान), हलको (टर्की), आइभा लोरेन्स (सर्भिया) र स्टोपोस्टो (बोस्निया) का उदीयमान कलाकार सहभागी छन्। यी कलाकारले आगामी महिनामा टुबोर्गमार्फत् सहयोग प्राप्त गरी जेसन सामु प्रदर्शन गरेका ट्रयाकको उत्पादन र विकास गर्ने छन्।

‘जेसन डेरुलोसँग बस्न पाउनु अतुलनीय थियो।’ उनले गीत लेखन र मेरो प्रदर्शनको बारेमा सल्लाह दिएँ आप्नो अनुभव सुनाउँदै भेक (नेपाल) ले भने। ‘निकै लामो समयदेखि टुबोर्ग संगीतसँग जोडिँदै आएको छ।’ टुबोर्ग ओपन २०२२ अभियान सोही उद्देश्यको पहल हो, जहाँहामीले नेपालका उदीयमान कलाकारलाई उनीहरूको प्रतिभा प्रदर्शन गर्न प्लेटफर्म प्रदान गरेका छौं। गोर्खा ब्रुअरीका मार्केटिङ डिरेक्टर आशिष विष्ट भन्छन्।

प्रतिक्रिया दिनुहोस्