सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौ‌ं।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित एक समारोहकाबीच हालै पदोन्नती भएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

त्यसअवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई हार्दिक बधाई दिंदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरे ।

उनले अधिकृतहरुले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचकासाथ अझ बढी अध्ययनसिल र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सहि मार्गनिर्देशन गर्दै व्यवसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताए ।

सो समारोहमा दज्र्यानी चिन्हबाट सुशोभन हुनेहरुमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका ५६ जना अधिकृतहरु र अवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् ।