सरकारलाई सभामुखको रुलिङ

0
Shares

काठमाडौँ।

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा उठाएका विषयमा उचित जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटकपटक सांसदहरुले आपत्ति जनाएका थिए । आजको बैठकमा पनि शून्य समयमा सांसदहरुले मुलुकको समसामयिक एवम\ राजनीतिक विषयका अलावा, पाठ्यपुस्तक र रासायनिक मल, विपद्का विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गरे ।