एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे



रुपन्देही।

नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीमा हेरफेर गरिएको छ । बुटवलमा आज सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको आतिथ्यतामा सम्पन्न प्रदेश समितिको बैठकमा प्रदेश अध्यक्ष रहेका सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रस्तावमा पाण्डेलाई अध्यक्ष बनाउने निर्णय भएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिए ।

यसैगरी प्रदेश समितिको बैठकले रुपन्देही जिल्ला समितिको जिम्मेवारीमा पनि हेरफेर गरेको छ । बैठकले पार्टीको रुपन्देही जिल्ला अध्यक्षमा अविराम विकलाई चयन गरेको छ । यसअघि राजु गुरुङले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पार्टीको उपाध्यक्षमा श्रीराम यादव र उपाध्यक्ष चीनबहादुर गुरुङ चयन भएका छन् । सचिवमा सरिता श्रीषलाई जिम्मेवारी दिइएको छ । यसैगरी उपसचिवमा टङ्क पोखरेल, मीरा श्रेष्ठ र थानेश्वर खरेल रहेका छन् । पार्टीको जिल्ला समिति २०५ सदस्यीय रहेको केन्द्रीय सदस्य भट्टराईले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्