मादीको क्यादुखोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



ltgfp gbLDff kfgLsf] axfj a9Øf] ?kGb]xL, !% c;f/ M a’6jnsf] ltgfp gbLDff a’waf/ cfPsf] af9L . b’O{ lbgsf] em/Ln] gbLDff kfgLsf] ;xt a9b} uPsf] 5 . tl:a/ M lg/f uf}td÷ /f;;

पोखरा।

कास्कीको मादी गाउँपालिका–१ स्थित क्यादुखोला थुनिएको छ । आज साँझ ५ः०० बजेपछि पहिराका कारण नदी थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र जुनसुकै बेला बाढी आउन सक्ने भएकाले तल्लो भाग र मादी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय जनतालाई सतर्कतासाथ सुरक्षित स्थानमा बस्न आग्रह गरिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए ।

उनका अनुसार हुगुका पर्यटन व्यवसायी एवं नमस्ते गेष्टहाउसका सञ्चालक एकजङ्ग गुरुङले आफ्ना भाइमार्फत हुगुगोठ छेउको क्यादुखोला थुनिएको सूचना गाउँमा दिएका थिए ।

वडाध्यक्ष गुरुङले भने, “नदी थुनिएको खबर माथिबाट प्राप्त भएपछि नदी आसपासको मानव बसोबास भएको क्षेत्र र हाइड्रोपावरहरूमा सतर्कता अपनाउन आग्रह गरेका छौँ । एक घण्टाजति थुनिएको नदी अहिले विस्तारै थोरै मात्रामा बग्न थालेको जानकारी प्राप्त भएको छ । माथि हुगुमै रहेकालाई सुरक्षित स्थानमा छन्, यसका बारेमा स्थानीय प्रशासन, प्रहरी र गाउँपालिकालाई सूचना दिएका छौँ ।”

क्यादुखोला मादी नदीमा मिसिने खोला हो । मादी नदीमा अहिले धमिलो पानी बग्न थालेको बताइएको छ । अविरल वर्षाका कारण नदीको मुहानमा पहिरो खसेर नदी थुनिएको हुनसक्ने अनुमान गरिएको छ । गत वर्ष बर्खायाममा मादी नदी र यसका सहायक नदीहरूमा आएको बाढीले जलविद्युत् आयोजनाहरू बगाएको थियोे ।

 

 

 

प्रतिक्रिया दिनुहोस्