ललितपुर महानगरका मेयर महर्जनलाई कोरोना संक्रमण



ललितपुर ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँलाई शुक्रबार संक्रमण पुष्टि भएको हो । महानगरको बजेट पारित गर्ने अन्तिम चरणमा पुगेको बेला उहाँलाई कोरोना संक्रण पुष्टि भएको हो ।

ललितपुर महानगरपालिकाका प्रवक्त एवं वडा नम्बर ९ का अध्यक्ष राजु महर्जनले विज्ञप्ति जारी गर्दै मेयर महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्नुभएको छ । कोरोना संक्रमण पुष्टि भएका मेयर महर्जन घरमै स्वाथ्य लाभ गरिरहनुभएको र उहाँको स्वाथ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ ।

मेयरलाई कोरोना संक्रमण पुष्टि भएपछि परिषदको बैठक सारिएको छ । सो बैठकले बजेट पास गर्ने कार्यक्रम तय भएको थियो । मेयर महर्जनलाई दोस्रो पटक संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्