पनौती उद्योण वाणिज्य संघको अध्यक्षमा भोला थापा निर्वाचित



काभ्रे, पनौती । पनौती उद्योग वाणिज्य संघको अध्यक्षमा भोला थापा निर्वाचित भएका छन् । आज (शनिवार) सम्पन्न प्रथम अधिवेशनले थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अघिवेशनले वरिष्ठ उपाध्यक्षमा सुदर्शन सुवेदीलाई निर्वाचित गरेको छ भने वाणिज्यतर्फको उपाध्यक्षमा रञ्जु रञ्जित केसी र उद्योगतर्फको उपाध्यक्षमा पुनम लामा जंगमलाई निर्वाचित गरेको छ । सचिवमा महेश पौडेल निर्वाचित भएका छन् ।

सदस्यहरुमा राजेश कुमार श्रेष्ठ, उत्तम फासी, रविन्द्र हुमागाई, ज्ञान वहादुर लामा, विमलादेवी श्रेष्ठ, पुरुषोत्तम कर्माचार्य र ममता भारती निर्वाचित भएका हुन् ।

संघले पनौतीमा रहेका उद्योग कलकारखानाहरुलाई व्यवस्थित गर्ने, अभिलेखिकरण गर्ने, करको दायरामा ल्याउने भन्दै सचिव पौडेलले पनौती नगरपालिकासँग सहकार्य गरेर उद्योगी व्यवसायीहरुलाई प्रशिक्षणसमेत दिइने बताएका छन् ।

ठूलठूला मात्र नभई साना-साना व्यवसायीहरुलाई पनि एकतावद्ध गरि व्यवस्थित तरिकाले व्यवसाय गर्ने वातावरण बनाउन पनौती उद्योग वाणिज्य संघ सक्रिय हुने सचिव पौडेल बताए ।

प्रतिक्रिया दिनुहोस्