माओवादी केन्द्रको पोलिटब्युरो सदस्यमा गण्डकीका मात्रै २१ जना चयन



पोखरा । नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना चयन भएका छन् । १२५ जनाको पोलिटब्यूरोमा गण्डकीका २१ जना परेका हुन् ।

बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देबेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिट्ब्युरोमा छ ।

यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देबेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन् ।

राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशिला सिंखडा, बलावती शर्मा, चुडामणी खड्का, किसान शर्मा र कपिल लामा पोलिटब्युरो सदस्य बनेका हुन् ।

तिमध्ये अधिकांश गोरखाका छन् । ९ जना गोरखा जिल्लाबाट मात्रै समावेश गरिएका छन् ।

गएको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले गोरखामा पुरानो विरासत फर्काएको छ । ११ स्थानीय तह मध्ये ९ पालिकामा चुनाव जितेको हो ।

गण्डकीका ८५ मध्ये ११ पालिकामा प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ ।

प्रतिक्रिया दिनुहोस्