पीडित खेलाडी किशोरीद्वारा प्रहरीमा उजुरी



हेटौंडा ।

मकवानपुरको कैलाश गाउँपालिका वडा–९ मा रहेको कालीका माविमा अध्ययनरत् छात्राले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने क्रममा हेटौंडाको एक होटलमा सुतेको समयमा बलात्कार पीडित भएको भन्दै प्रहरीमा शुक्रबार उजुरी दर्ता गराएकी छन् ।

पीडित छात्राले किटानी जाहेरी दिए पनि प्रहरीले भने नाम सार्वजनिक गरेको छैन । आरोपित व्यक्ति जनप्रतिनिधि हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जाहेरी प्राप्त भए पनि अनुसन्धानको क्रममा रहेकाले नाम खुलाउन नमिल्ने बताए ।

तर, मकवानपुरको कैलाश गाउँपालिका एक वडा अध्यक्षले आफूलाई दुव्र्यवहारसँग जोडेर चरित्रहत्या गर्न खोजेको जनाएका छन् । विज्ञप्ति जारी गर्दै कैलाश–९ का अध्यक्ष भुवनसिं घलानले छात्रामाथि दुव्र्यवहार गरेको भनेर आफ्नो चरित्रहत्या गर्न खोजिएको जनाएका हुन् ।

नेपाली कांग्रेसबाट निर्वाचित उनले हारको मानसिकताबाट गुज्रिएका विपक्षी पार्टी र केही गैरसरकारी संस्थाको सहयोग लिइ हुँदै नभएको घटनालाई राजनीतिक पूर्वाग्रह राखी षडयन्त्र भएको उल्लेख गरेका छन् । उनले घटनाबारे पूर्वाग्रह नराखी सत्यतथ्य निष्पक्षढंगबाट कसैको दबाब र प्रभावमा नपरी अनुसन्धान गर्न प्रहरी÷प्रशासनसँग अनुरोध गरेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्