संसदीय अभ्यास भन्दा सत्तापक्षको व्यवहार लाजमर्दो : विकास लम्साल


पोखरा  ।

गण्डकी प्रदेश सभा सदस्य विकास लम्सालले संसदीय मर्यादा बाहिर गएर सत्तापक्षलाई गाली गरेका छन् । उनले गण्डकी प्रदेश सरकारले बादर पार्क बनाउने सन्दर्भलाई कोट्याउँदै आगामी निर्वाचनमा जनताले यी जनप्रतिनीधिलाई जहाँ भेट्यो त्यहि ठेगान लगाउँने भन्दै अमर्यादित शब्द प्रयोग गर्दा गण्डकी प्रदेश सभामुख नेत्रनाथ अअधिकारीले संसदीय अभ्यास भन्दा बाहिर नजान आग्रह गरेका थिए । तर, उनले उल्टै सभामुखलाई जवाफ फर्काउँदै संसदीय अभ्यास भन्दा सत्तापक्षको व्यवहार लाजमर्दो भएको बताए ।

लम्सालले भने–‘मंसिर पछि यो सरकार सत्तामा आउनुनै छैन् । जनताले त यसलाई जहाँ देख्यो त्यहि पार्टी त आउलान तर, यी प्रतिनीधिहरुलाई नालायक हुन् भनेर जनताले त्यहि ठेगान लाउछन्’ यत्तिकैमा सभामुख नेत्रनाथ अधिकारी भन्छन्, ‘मान्य सदस्य शब्द चाहिँ अलि संसदीय अभ्यासको ख्याल गर्नुस् ।’पुनः लम्सालले जवाफमा भन्छन्–‘सभामुख महोदय अब धेरै संसदीय अभ्यासका कुरा नगरौं यो भन्दा बढि पराकाष्ट के हुन्छ ? संसदीय अभ्यासमा त संसदको पनि त भुमिका हुन्छ होलानी ! सरकारलाई भन्न सकिन्छ होला नि सरकारलाई माग गर्न सकिन्छ होला नी सरकारले विजनेश दिने हो ।’

उनले सभामुख अधिकारीलाई दोहोर छलफल तिर नजान भन्दै अहिले बसेको बैठकको कुनै औचित्यता नभएको सुनाए ।
प्रदेश सरकारमा लथालिङ्ग, भताभुङ्ग बाहेक केहि नदेखिएको र त्यसमा कुनै जवाफदेहिता नै नभएपछि छलफलको अर्थ नहुँदा सत्ता पक्षकै सांसदले बोल्ने आँट नगरेको उनको भनाइ छ ।उनले गर्नै नहुने काम गण्डकी सरकारले गरेको बताउँदै सिद्धान्त र प्राथमिकतासंग नीति तथा कार्यक्रमको कुनै साइनो सम्बन्ध नभएको र नीतिकार्यक्रमसंग बजेटको कुनै साइनो सम्बन्ध नरहेको बताए ।

जसका कारण मंसिरसम्म जनताका लागि सबैभन्दा पिडा हुने उनको आरोप छ । उनले बजेट पास हुने र सरकारको ज्यादती, नालायकीपन काम अब हुन नहुने उनले बताए । सत्तापक्षले झगडा गरेपनि त्यसलाई बाहिर नल्याइ १–२ वटा भएपनि राम्रो काम गर्न सुझाव दिए । उनले अब ६ महिनाका लागि सरकारको विरोध गरेर नयाँ सरकार ल्याउनुको कुनै अर्थ नभएको तर, यो सरकार जनताका लागि बोझ, घाडोँ हुने र त्यसका लागि कुर्नु बाहेकको विकल्प नभएको उनले सुनाए । ‘६ महिना कुर्नु बाहेकको अरु विकल्प छैन्। आलोचना गर्नु बाहेकको विकल्प छैन् । यो भन्दा अरु शब्द नै के हुन सक्छ यो सरकारलाई ? सरकारका कारण प्रतिपक्षि सिमा भन्दा बाहिर जान बाध्य भएको बताए ।

मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बराल बादलबिच विवाद भएपछि संसद अवरुद्द भएको थियो । बजेट भाषण लगत्तै मुख्यमन्त्री र अर्थमन्त्रीको विवादले बजेट छलफल प्रभावित बनेपछि प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पत्रकार सम्मेलन गरेरै मुख्यमन्त्रीको राजिनामा समेत माग गरेको थियो ।

सांसद धनञ्जय दवाडीले अर्थमन्त्रीले ल्याएको योजनाले यो प्रदेशलाई झन गरिबीमा धकेल्ने काम भएको आरोप लगाए । उनले चालु खर्चमा मात्रै ध्यान दिदाँ विकास गर्न नसकिने बताए । उनले बहुवर्षे विकासको बाटोमा नहिडेर गण्डकी प्रदेशको विकासमा अवरोध गरेको आरोप लगाए । उनले यसरी विकासमा अवरोध गर्नुभन्दा सरकार चलाउन सक्दिन भनेर छाडेको भए जनता खुसी हुने बताए ।