पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो



काठमाडौँ ।

वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासित भएका छन् । शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा बसेको अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले गौतमलाई संयोजकबाट निष्कासन गर्ने निर्णय गरेको हो । साथै बैठकले सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन समेत गरेको छ । शीर्ष नेताको बैठकले गौतममाथि विभिन्न ५ बुँदे आरोप लगाएको छ।

गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने घोषणा गरिएको थियो । तर, गौतमले अहंकारवादी सोचका साथ एकलौटी निर्णय गरेको, अराजनीतिक व्यवहार प्रस्तुत गरेको, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको, शक्तिको चरम दुरुपयोग गरेकोलगायत आरोप लगाइएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्