अखिल क्रान्तिकारी विभाजन, समानान्तर कमिटी घोषणा गरिँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियू (क्रान्तिकारी) औपचारिक रूपमा विभाजन भएको छ । असन्तुष्ट पवन कार्की समूह औपचारिक रूपमा विभाजन भएको हो ।

कार्की समूहले आज (शनिबार) समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको हो । त्यसका लागि कार्की समूहले आज बिहान १० बजे बानेश्वर क्याम्पसमा भेला आयोजना गर्दै भएको छ ।

समानान्तर कमिटी घोषणा गरेपछि क्रान्तिकारी औपचारिक विभाजन हुनेछ । यसअघि उपाध्यक्ष पवन कार्कीलगायत १० नेतालाई अध्यक्ष पञ्चा सिंहले कारबाही गरेकी थिइन् ।

कारबाही नै अवैधानिक भन्दै कार्कीले असार ८ गते पत्रकार सम्मेलन गरी सिंह नेतृत्वको कार्यसमिति भंग गरेर विशेष महाधिवेशन गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्