वालकुमारी सामुदायीक वन समूहको अध्यक्षमा कुँबर



ललितपुर ।

वालकुमारी सामुदायीक वन उपभोक्ता समुहको अध्यक्षमा किशोर कुँबर निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको साधारण सभाले कुँबरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्ष , कोषाध्यक्ष, सचिव र सहचिवमा क्रमशः देवकुमार थापा, रेश्मा थापा, घनश्याम थापा मगर र भगवती थापा चयन हुनुभएको छ । कार्यसमितिको सदस्यहरुमा अञ्जु कुँवर, दीपक महर्जन , दिलीपकुमार केसी, गंगा खड्का,सुरेश थापा , अस्मिता बोगटी, दीपेश घले गुरुङ र हरी कुँबर चयन हुनुभएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर १८का अध्यक्ष दामोदर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उहाले ललितपुर महानगरको एकमात्र सामुदायीक वनक्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

साउनेकुवा पार्कमा आयोजित कार्यक्रममा उहाले वनको क्षेत्रमा भैरहेको अधिक्रमण हटाउन नवनिर्वाचित समितिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा राख्नुभयो । उहाले भन्नुभयो–वडाको अपेक्षा अनुसार बन क्षेत्रको विकास र पर्यटक ल्याउने गुरुयोजना तयार गर्न सबैको सहयोग अपरिहार्य छ ।
उहाले वन क्षेत्रलाई उत्पादनमुखी बनाउन फलफुलको रुख रोप्नुपर्ने, अनावश्यक रुख कटान गरी सो स्थानमा फुुल र अस्सिजनयुक्त विरुवा रोप्नुपर्ने बताउनुभयो । उहाँले वनक्षेत्रको संरक्षण गर्न वडाले आर्थिक, भौतिक र नैतिक रुपमा सक्दा सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नभयो ।

कार्यक्रममा बोल्दै वनका अध्यक्ष नवराज कुवँरले करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको वनक्षेत्रको संरक्षण गर्ने दायीत्व सबै स्थानीयवासीको रहेको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो–२०३४ सालमा स्थापना भएको सामुदायीक वनलाई पर्यापर्यटकीय क्षेत्रको नामाकरण गर्न यो समुहले मुख्य भुमिका खेलेको बताउनुभयो ।
आफुनो कार्यकालमा गरेको विषयवस्तुबारे जानकारी गराउदै उहाले भन्नुभयो–हामीले जसरी वन र पार्क क्षेत्रलाई जोगाएका छौ , नया कार्यसमितिले त्यसरीनै जोगाउनु अनिवार्य छ । अध्यक्ष कुँवरले सचिव किशोर कुँवरलाई अध्यक्ष घोषणा गनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष किशोर कुँवरले वनक्षेत्रलाई आयआर्जनको लागि प्रयोग गरिने बताउनुभयो । पर्यटकको ओइरो लाग्ने सो वनक्षेत्रलाई पिकनिक स्थल र साहसिक खेल क्षेत्रको रुपमा विकास गरिने जानकारी दिनुभयो । भन्नुभयो–वन क्षेत्रको सिमांकन गरेलगत्तै गुरुयोजना बनाउनछौ, त्यस अनुसार वनक्षेत्र नमासिनेगरी विकास गर्नेछौ ।

हामीले यो क्षेत्रलाई जिल्लाकै उत्कृष्ठ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको उहाको भनाई थियो । कार्यक्रममा वडा अध्यक्ष खड्काले विजयी पदाधिकारीलाई बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्