ओलीको दुस्साहस ढाकछोप गर्न प्रदीप ज्ञवालीको प्रश्न : अमेरिकी एसपीपी कहाँबाट पलायो ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अमेरिकी स्टेट् पार्टनरसीप प्रोग्राम (एसपीपी) अगाडि बढाइएको थियो ।

यद्यपि ओलीले उक्त प्रोग्राम अगाडि बढाएको थाहा हुँदाहुँदै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्यसलाई ढाकछोप गर्न उल्टै प्रतिप्रश्न गरेका छन् ।

आज (आइतबार) बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपमहासचिव ज्ञवालीले यस्तो प्रश्न गरेका हुन् । उनले भने, ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँबाट पलायो होला ?’

त्यस्तै ज्ञवालीले उक्त बैठकमा सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गए पनि १० बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने बताए । बैठकमा बोल्दै उनले प्रश्न गरे, ‘कतै नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्र त होइन भन्ने आशंका गर्दै यो कहाँबाट आयो ? गम्भीरतापूर्वक खोजी गरिदिनुपर्छ ।’

यद्यपि ज्ञवालीले ओलीको बचाउ गर्दै प्रतिप्रश्न गरे पनि अमेरिकी एसीपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा ओली नेतृत्वको सरकारकै पालामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्