‘नेपालमै सम्मानित जीवन जिउन सम्भव छ’



रुपन्देही ।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालमै सुखी र सम्मानित जीवन जिउन सम्भव छ भन्ने सन्देश दिन आवश्यक रहेकामा जोड दिएका छन् ।

रिटर्नी फेडेरेशन नेपालको आज बुटवलमा आयोजित लुम्बिनी प्रदेश भेलामा उनले विभिन्न मुलुकमा रहेका नेपालीलाई मातृभूूमिमै भविष्य भएकाले सम्भावनाको खोजीका लागि प्रेरित गर्नुपर्ने बताए। उनले राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिकरूपमा योगदान पु¥याउँदै स्वदेशमै फर्किएर सम्मानित जीवन जिउन सकारात्मक सन्देश फैलाउन रिटर्नी नेपालले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिए ।

“हामी सरकारमा छँदा यी कुरालाई ध्यानमा राखेर काम ग¥यौँ, तर सरकार परिवर्तनसँगै देशमा भविष्य खोज्नेहरू अन्योलमा पर्ने अवस्था सिर्जना भएको छ, यहाँहरूले सकारात्मक सन्देश प्रवाह गरी प्रवासमा रहेकाहरू पनि फर्किने वातावरण बनाउनुपर्छ”, उनले भने ।

सम्भावना देखेपछि विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरू स्वदेश फर्किने वातावरण तयार हुने भन्दै उनले नमूना काम गरेर देखाउन रिटर्नी नेपालका सदस्यहरूलाई आग्रह गरे ।

रिटर्नी फेडेरेशन नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्यले रिटर्नी स्वदेशमै केही गर्ने सपना बुनेर विदेशबाट फर्किएकाको संस्था भएकाले यसलाई आर्थिक क्रान्तिका माध्यमबाट देशको समृद्धिमा लगाउने बताए । उनले मङ्सिरसम्ममा १० उद्योग सञ्चालनको तयारीमा रहेको जनाउँदै रगत र पसिनाको कमाइ लगानी गर्ने भएकाले स्वदेशको उत्पादनलाई स्थानीय तहले प्राथमिकता दिने नीति बनाउनुपर्ने बताए ।

भेलामा रिटर्नी नेपालका प्रदेश इन्चार्ज हीरादेवी खरेलले विदेशको अनुभवलाई स्वदेशमा परिचालन गरी आर्थिक विकासतर्फ अघि बढ्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्