पाल्मोलियन आयल सहितको ट्रक बरामद



वीरगन्ज ।

सशस्त्र प्रहरीले तस्करी गरेर ल्याइएको ठूलो परिमाणको पाल्मोलियन आयल सहितको ट्रक बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमान नगर कंकालीनी नगरपालिका १ कोेशी ब्यारेजस्थित सडकमा सशस्त्र प्रहरीले युपी ७५ एम ३६९५ नम्बरको ट्रक रोकेर चेकजाच गर्दा उक्त ट्रकमा भन्सार राजश्व नतिरेको ५४ लाख ९६ हजार रुपैयाँ मुल्यकोे १५ सय टिन पाल्मोलियन आयल बरामद गरेको हो ।

सशस्त्र प्रहरीले उक्त ट्रकका चालक भारतको कानपुरका ३० बर्षीय अबध बाबु र सहचालक २३ बर्षीय धिरज कुमारलाइ पनि नियन्त्रणमा लिएको छ ।

बरामद रिफाइन्ड पाल्मोलियन आयलको ५४ लाख ९६ हजार र ट्रकको ५५ लाख गरि कुल १ करोड ९ लाख ९६ हजार मुल्यांकन गरी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्