भूमिहीन, सुकुम्वासी र अव्यवस्थित जनतालाई सम्पत्तिको मालिक बनाउनु सरकारको दायित्व हो : गृहमन्त्री खाँण



बुटवल ।

गृहमन्त्री वालकृष्ण खाँणले भूमिहिन, सुकुम्वासी र अव्यवस्थित जनतालाई सम्पत्तिको मालिक बनाउने गरी सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले भूमिहिन, सुकुम्वासीको पनि घर र जग्गा हुन्छ र अव्यवस्थितलाई व्यवस्थित बनाउन सकिन्छ भन्ने पुनित उद्देश्य पुरा गर्नु भूमि आयोगकोपहिलो काम भएकोले सोही अनुसार काम गर्न निर्देशन दिनु भयो ।गृहमन्त्री खाँण भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको समाधानका गर्र्न र जो जहाँ बसेका छन तीनीहरुलाई सदाका लागि बस्ने गरि त्यही अधिकार प्रदान गर्न जरुरी रहेको औल्याउनु भयो ।

राष्ट्रिय भुमि आयोग केन्द्रिय कार्यालयको आयोजनामामा लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको शनिवार बुटवलमा उदघाटन गदै गृहमन्त्री खाँणले नेपाली काँग्रेसको विचार र निति नै नागरिकलाई सम्पतिको स्वामित दिने भएकाले सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सदाका लागि बस्ने गरि अधिकार प्रदान गर्न जरुरी रहेको औल्याउनु भयो ।उहाँले स्थानिय तहहरुलाई सार्वजनिक जग्गालाई संरक्षण गर्न कडा निर्देशन समेत दिनु भयो ।

गृहमन्त्री खाँणले सार्वजनिक जग्गालाई संरक्षण गरी आधुनिक खेती ,पार्क, बृद्धा आश्रम, वाल उद्धान लगायतका रचनात्मक काममा प्रयोग गर्ने गरी सदुपयोग गर्न पनि निर्देशन दिनु भयो । खाली जग्गालाई त्यतीका खेर फाल्ने होईन केहीन केही प्रयोजनमा लगाउनु जरुरी रहेको बताउनु भयो । तत्कालिन सरकारका पालामा गठित देवि ज्ञवाली आयोगले काम गर्न नसकेकोले गठबन्धन सरकारले नयाँं भूमिआयोग गठन गरि समित विस्तार गरेको बताउनु भयो ।
नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहनु भएका गृहमन्त्री खाँणले वर्तमान गठबन्धन प्रदेश र संघिय निर्वाचन सम्म रहने भएकाले ढुक्क भएर काम गर्न आयोगका पदाधीकारीलाई आग्रह गर्नु भयो ।

राष्ट्रिय भूमि आयोगका केन्द्रिय अध्यक्ष केशव निरौलाले राष्ट्रिय भूमि आयोग विगतका आयोगलाई प्रतिस्थापन गरेर ल्याएको नभई संविधानको मर्म अनुसार संम्बिधानको ५२ खको ३ नम्बरलाई समेत समाबेश गरिएकोले यस आयोगले सुकुम्बासी दलित र अव्यवस्थितहरुलाई जग्गा प्रदान गर्न अधिकार प्राप्त आयोग भएको दावि गर्नु भयो । विगतका आयोहरु केवल संम्बिधानको ५२ ख को ६लाई मात्र टेकेर बनाईएकाले काम गर्न नसकेको समेत अध्यक्ष निरौलाले बताउनु भयो ।

लुम्बिनी सरकारका पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले भूमिहिनहरुको दीर्घकालिन समाधानका लागि संघीय सरकारले संचालन गरेको कामलाई सफल वनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको र छिटोभन्दा छिटो काम गर्न आह्वान गर्नु भयो ।

कार्यक्रममा भूमिआयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले स्थानिय तहको सहयोगवाटमात्र समस्याको समाधान गर्न सकिने हुदा स्थानिय जनप्रतिनिधीहरु गम्भिर हुन जोड दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्