जिल्ला समन्वय समिति रुपन्देहीमा गठबन्धनको प्यानल विजयी



बुटवल ।

जिल्ला समन्वय समिती रुपन्देहीको शनिबार भएको निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्ववार उमाकान्त चपाई २० मत ल्याइ विजयी हुनु भएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याउनु भएको छ । कूल ३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उप प्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रा देवी श्रेष्ठले १५ मत ल्याउनु भयो ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी बिष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०,ऋषीराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्यायी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत धन सिंह महराले बताउनु भयो ।

यस्तै नेकपा माओवादी केन्द्रकी मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी हुनु भएको निर्वाचन अधिकृतमहराले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्