जिल्ला समन्वय समिती पाल्पाको सवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी



पाल्पा ।

जिल्ला समन्वय समिति पाल्पामा सवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नेकपा एमालेको तर्फबाट टङ्क खनाल जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनुभएको छ । उपप्रमुखमा एमालेकी काशिका गैरे निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै सदस्यहरूमा बसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको छ ।

दश स्थानीय तह रहेको पाल्पा शुक्रबार समन्वय समितिका लागि निर्वाचन भएको थियो ।

समन्वय समितिको प्रमुखमा निर्वाचित खनालले ११ मत ल्याउनुभएको छ । खनालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका यमलाल तिमिल्सिनाले ९ मत मात्र ल्याउनुभएको थियो ।

यस्तै एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित गैरेले ११ र निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले ९ मत मात्र ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्