थाइल्याण्ड भ्रमणमा यसरी गए पुर्वराजा ज्ञानेन्द्र परिवार (फोटो-भिडियोसहित)

0
Shares

काठमाडौं ।

पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल शाह थाइल्याण्ड भ्रमणमा जानुभएको छ । मध्यान्ह थाई एयरवेजको विमानबाट चारजना थाईल्याण्ड जानुभएको हो ।

उहाँको साथमा निजीसचिव सागर तिमल्सिनार शसस्त्र प्रहरीका निजीसुरक्षाकर्मी राजु गुरागाई जानुभएको छ । करिब तीन साता लामो बसाई भ्रमणको सिलसिलामा थाइल्याण्ड जानुभएको हो । निर्मल निवास स्रोतका अनुसारपुर्वराजाको निजी भ्रमण हो । पाँचदिन अघि अमेरिका बस्दै आएका नाति हृदयन्द्र थाईल्याण्ड पुगिसक्नु भएको छ ।

उच्च शिक्षाको लागि थाइल्याण्ड बस्दै आएका नातिनीद्धय पुर्णिका र किर्तिकालाई भेट्न ज्ञानेन्द्र थाइल्याण्ड जानुभएको हो । उहाँलाई बिदा गर्न युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जन र आफन्तहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।

पुर्व युवराज्ञी हिमानी लामो समयदेखि थाइल्याण्ड बस्दै आउनुभएको छ । बिदा मनाउन नेपाल आउनुभएका हृदयन्द्र आफ्नी आमा हिमानी दुई दिदी भेट्न थाइल्याण्ड जानुभएको हो । ज्ञानेन्द्र परिवार थाइल्याण्ड गएपछि पारस एक्लै निर्मल निवास बस्न लाग्नुभएको हो । ज्ञानेन्द्र परिवार थाइल्याण्डको विभिन्न शहर घुमेर फर्कने कार्यक्रम छ ।

तस्बीर/ भिडियो : राजन महर्जन