प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

0
Shares

सन्धिखर्क ।

घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७८-०७९ अन्तर्गत रु १० लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख सन्तोष खनालले बताए ।

जिल्लामा संचालनमा रहेका विभिन्न घरेलु तथा साना उद्योगहरुलाई प्रविधी मैत्री बनाउनको लागी विभिन्न उपकरणहरु हस्तान्तरण गरिएको हो ।उद्यमीहरुको आय स्तरमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउनको लागी विभिन्न सामाग्रीहरू हस्तान्तरण गरिएको प्रमुख खनालले बताए । स्वदेशमै स्वरोजगार सिर्जना गर्ने मुख्य उद्देश्य रहेको खनालको भनाई छ ।

न्यु पाल्पाली टेलरिङ्ग सेन्टरका सञ्चालक अपाङ्ग जीवन परियारलाई जुकी मेसिन हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा कुटानी पिसानी मेशिन,हलो ब्लक बनाउने मेसिन र तान मेसिन हस्तान्तरण गरिएको सूचना अधिकारी लक्ष्मी प्रसाद दाहालले बताए ।

विगत देखि नै सञ्चलनमा रहेको कार्यक्रम अन्तर्गत उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । कार्यक्रम बाट जिल्ला स्तरमा रहेका उद्यमीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन् ।