५१ किलोग्राम लागु औषध होरोइनसहित ७ विदेशी पक्राउ



काठमाडौं ।

दक्षिण अफ्रिकाबाट आएका ७ जना महिला ५१ किलोग्राम लागुऔषध हेरोइनसहित पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरोले फ्लाई दुबईको उडानबाट दुबई हुँदै काठमाडौं आएकी २९ वर्षीय महलाको माउरिन माथिबालाई जेठ २६ गते ७ किलोग्राम सेतो हेरोइनसहित पक्राउ गरिएको जनाएको छ ।

त्यसै गरी जेठ २९ गते काठमाडौं आएका दक्षिण अफ्रिकी नागरिकहरू २९ वर्षीय सीबीसी थान्डेकिले, जेठ ३० गते ४६ वर्षीय मुरियल क्वीडुक्वाजी थेम्बेनी साम्बा र जेठ ३१ गते ३० वर्षीय मार्लेसे बाडेन्होस्र्टलाई ठमेलबाट पक्राउ गरिएको थियो ।

जेठ ३१ गते नै कतार एअरलायन्सबाट नेपाल आएकी अर्का दक्षिण अफ्रिकी नागरिक ३७ वर्षीय मोरोसी सुजान कोफुलाई ठमेलकै एक होटलबाट ४ किलोग्राम सेतो हेरोइन र २ किलो खैरो हेरोइनसहित पक्राउ परेको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्