चिसो मान्छे नेपाली माटोको कथा


आगामी असार ३ गतेदेखि अल नेपाल रिलीज हुने फिल्म चिसो मान्छे नेपाली माटोको फिल्म भएको यसको टिमले जनाएको छ। मलाई धेरै पहिलेदेखि नेपली माटोमा फिल्म बने हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो गन्ध चिसो मान्छेमा छ। यस्तो गन्ध मैले दिपेन्द्र के खनालकै फिल्म पशुपतिपस्रादमा भेटेको थिएँ। उहाँकै आमा पनि त्यही हिसाबले बन्यो। आमामा मैले मूल पात्रको भूमिकामा काम गरेँ।

तर त्यो पात्र फिल्ममा देखिँदैन। तर कथा उसकै वरिपरि घुमिरहन्छु चिसो मान्छेको मूख्य कलाकारमध्येका एक, अभिनेता देशभक्त खनालले फिल्मबारे जानकारी दिन बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा भने पशुपतिप्रसाद र आमापछि नेपाली माटोको गन्ध आउने आउने अर्को फिल्म चिसो मान्छे बनेको छ। यो कथा गाउँ गाउँमा घुमेको कथा हो ।

यसमा महिलाको पीडा मिठो ढंगले संवादमा व्यक्त भएको छ। यसमा मेचीदेखि महाकालिसम्म र तराईदेखि पहाडसम्मको भावना समेटिएको छ। खनालको भनाई थियो मैले यसमा जानेको र सकको काम गरेको छु। त्यसमा सफल भएँ हो भइन, त्योचाहिँ फिल्मको परिणामले नै बताउला। बाजुराको जीवनशैली र रहनसहनमा बनेको फिल्ममा स्थानिय भाषा तथा भेषभुषाको प्रयोग गरिएको र सक्दो प्रायस गरेको उनले बताए। त्यहाँको संस्कृति, भाषा र भेषभुषा यसमा देखाइएको छ। स्वस्तीमा खड्का स्थायिन भाषाको टोनमा पक्ट देखिएको छ। मेरो भाषामा चाहिँ स्थानिय टोन आयो कि आएन भन्न सक्दिन उनले भने।

टिजर आएलगत्तै फिल्मले चर्चा पाएको छ। तर फिल्मका निर्देशक दिपेन्द्र के खनालले भने टिजरमा देखिएको विषय मात्र यसको कथा नभएको प्रष्ट पारेका छन्। ञयो फिल्म मैले आजसम्म बनाएका फिल्ममध्ये पनि विशेष छ। यसको टझेलर मात्र कथा होइन। यो चिसो मान्छेको कथा हो। कोविभको समयमा हाम्रो समाज आफू मात्रै बाँच्ने प्रयास ग-यो। यस हिसाबले यसका सबै पात्र सबै चिसो छन्। यसमा निसासिएको क्यारेक्टर धेरै छ।

दिपेन्द्रले सुनाए हामी फिल्मको लागि सुटिङको तयारी गरिरहँदा देशमा कोभिडको महामारी थियो। त्यसैले सुटिङ गर्ने या नगर्नेमै दोधार थियो। तर निर्मात्री शर्मिला पाण्डे दिदीले सुटिङ त गर्नुपर्छ, चुप लागेर बस्नु हन्न भनेपछि हामी यसको लागि तयार भयौँ। सुटिङ शुरु गर्दा बल्ल लक डाउन खुलेको थियो, तर संक्रमणको डर ठूलै थियो। युनिटको कसैलाई पनि कोभिड भईदिए हामी समस्यामा पथ्र्यौं। तर लक्ली कसैलाइ रुघासम्म पनि लागेन। सुटिङ सकिएर फर्कनासाथ भने कोरोनाको दोश्रो लहर सुरु भएको थियो।

खनालले सुनाए ञचिसो मान्छे टझाभल फिल्म हो, यस्तो फिल्म सुटिङ गर्न निकै गा-हो हुँदोरहेछ। त्यो समयमा सडकमा गाडी काम होला भन्ने थियो। तर यसै पनि सानो हाईवे, तर गाडीको चाप उस्तै। त्यस्तोमा गाडीको साईडमा क्यामरा राखेर काम गर्नु चुनौतिसँगै खतरा पनि थियो । प्राविधिक रुपले पनि निकै कठिनाई थियो। अर्कोतिर जहा गए पनि पिसीआर रिपोर्ट, अनुमति चाहिनेजस्ता धेरै कुरा थिए।

मैले रिलीजको मूखमा आईसक्दा सम्म पनि पूरा फिल्म हेरेको छैन, सम्पादनका क्रममा टुक्रा टुक्रा मात्र हेरेको छु। तर फिल्म हेर्नेबाट पाएको सकरात्मक प्रतिक्रियाले सुटिङको समयको दुःख र कठिनाईलाई भुलाई दिएको छ।फिल्म निर्माणकै क्रममा ड्राइभ माई कार नामक फिल्म हेर्न पुगेको र त्यो हेर्दा आफु झस्किएको पनि दिपेन्द्रले सुनाए। ड्राइभ माई कार हेर्दा म झस्किएँ। किनभने चिसो मान्छे र त्यसको स्टक्चर उस्तै पाएँ। तर मैले एक वर्ष अघि नै सुटिङ गरेको रहेछु र ढुक्क भएँ उनको भनाई थियो।

नायिका स्वस्तिमा खड्काले सुदुर पश्चिमको पात्रको भूमिकामा अभिनय गर्ने आफ्नो रहर यही फिल्मबाट पूरा भएको बताइन्। मलाई सुदुर पश्चिमको क्यारेक्टर गर्न एकदमै मन थियो। निश्चलको मामाघर पनि जुम्ला हो। लक्कीली यसमा एप्रोच गर्नुभयो। त्यो क्यारेक्टरको लागि त्यहाँको भाषा सिक्नु पर्ने थियो। त्यहाँको मान्छे देखिन्छ की देखिँदैन भन्ने च्यालेन्ज थियो। फेरि बाजुरामै पनि तल्लो र माथ्लो गाउँकै भाषा फरक थियो।

त्यसैले डिबी खड्का दाईबाट बाजुराली भाष सिक्नुबाहेक डकुमेन्टझी हेर्थेुं स्वस्तिमाले सुनाईन् कस्टयुमको लागि पनि दिपेन्द्र दाईहरु सँग सल्ला गरेर त्यहाँकै मान्छेबाट उहाँले प्रयोग गरिसकेको कपडा लिएँ। सुनको फुली समेत त्यही बनाइयो। अहिले आएर सेम बाजुराली महिला दिखिएको छ भन्दा उत्साहित भएको छु। निर्देशक खनालले त्यहाँको भाषा र संस्कृतिलाई गम्भिर रुपमा लिएकाले गन्ध आउँदा समेत स्वस्तिमालाई लुगा धुन नदिएको खुलाए।

अभिनेता अर्पण थापाले फिल्ममा पात्र मात्र नभएर भौगोलिक कुरादेखि कोभिड सम्म पात्रका रुपमा उभिएको बताए। ञजसमा म परिस्थितिले बनेको डझाइभरको पात्रमा छु। यस्तो डझाइभर, जो काठमाडौंदेखि बजुरासम्म १२ सय किलोमटर डझाभइ गरेर जाँदा टझकको लाइसेन्स लिए हुने भएको छु अर्पणले भने यो चिसो मान्छे र चिस्याइएको मान्छेको कथा हो। एक प्रसंगमा उनले सनाए ञदेशभक्त दाईसँग पहिलोपटक काम गर्ने मौका पाइयो भन्ने लागेको थियो। बिस्तारै थाहा भयो कि आमामा उहाँ र म बाउ र छोरा रहेछौँ।

फिल्मकी निर्मात्री शर्मिला पाण्डेले फिल्म हेरेर आफैं छक्क परेको बताए। ञफिल्म हेरेपछि यस्तो फिल्म बनेछ भने म आफैं छक्क परेँ। सेन्सर बोर्डका मान्छेले पनि यस्तो पनि फिल्म बन्छ भनेर आश्चार्य व्यक्त गर्नुभयोु शर्मिलाले सुनाइन् ञफिल्ममा स्वस्तिमाको कामबाट म प्रभावित भएँ। अर्पणको डाइलग धेरै नभए पनि काम तगडा छ। देसभक्त दाईको कामको पनि तारिफ भएको छ। डिएस डिजीटलको व्यानरमा बनेको फिल्ममा निर्देशक खनालकै लेखन र छायाँकन, संगीत सुवास भुषाल र सम्पादन दीर्घ खड्काको रहेको छ भने देशभक्त, अर्पण र स्वस्तिमाका साथमा आशान्त शर्मा, प्रभाकार न्यौपाने, रामबाबु रेग्मी, झकेन बिसी, संजोग रसाईली, पुष्पा अवस्थी, सृष्टी आचार्य, विकास खनाललगायतले अभिनय गरेका छन्।