कुईनेटो र ऐना उत्कृष्ट


राजधानीमा दशौं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधातर्फ मोरक्कोको फिल्म घोष्ट अफ स्पेशटाईमले लघू फिल्म र बुर्किना फोसोको आई अफ द स्ट्रोमले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

राष्ट्रियतर्फ कृषा चौलागाईंको ऐना लघु फिल्म र माधवराज खरेलको कुइनेटोले फिल्मको अवार्ड जितेको छ। कुईनेटोबाटै अभिनेता श्रीदेव भट्रईले जुरी अवार्ड र जीवन पराजुलीले छायाँकारको अवार्ड जितेका छन्। महोत्सबमा लघू फिल्म ऐनाबाट कृषाले क्रिटिक्सतर्फ निर्देशक र भुपेन्द्र अधिकारीले सम्पादकको अवार्ड जितेका छन्।

त्यसै गरी राईजबाट ऋषिराज आचार्यले निर्देशक, गजित बिष्टले अभिनेता, सरिता भारतीले अभिनेत्री, तुलसी प्रसाद श्रेष्ठले खलनायक र रिना अवालेले हेयर स्टाईल, द डटरबाट राजेन्द्र बजगाईंले पाश्र्व संगीत, रेनिश फागोले कलर करेक्सन, इनु थापाले कस्ट्युम डिजाईन, गरिमाबाट पुरुषोत्तम बस्नेतले स्कृप्ट राईटिङ, थर्ड आईबाट केडी प्रसितले सह अभिनेता, द ब्लाक कर्नरबाट लक्षु गौतमले निर्देशनतर्फको जुरी अवार्ड, शँकाबाट सुमन दाहालले सोसियल म्यासेज फिल्मको अवार्ड जिते भने स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा सनोल दाशको झोल उत्कृष्ट भएको छ।