हामी आफैँ विभाजित छौँ : कलाकारहरु


कलाकारहरु राजनैतिक पार्टीमा आवद्ध भए पनि त्यो कलाक्षेत्रकै लागि हुने गरेको र सबैजना एकजुट भएर अघि बढेमात्र यो क्षेत्रको उन्नती गर्न सकिने बताएका छन्।

बुधबार परिवर्तन नेपालद्वारा राजधानीमा आयोजित हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान प्रदान समारोहमा कलाकारहरुले कला र फिल्म क्षेत्रभित्रै आन्तरिक द्धन्द भएकाले यो क्षेत्र माथि उठ्ने नसकेको बताए।कार्यक्रममा बोल्दै अभिनेता तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका मदनदास श्रेष्ठले फिल्मकर्मीहरु आफैँमा विभाजित भएको बताए।

हामी आफैँमा विभाजित छौँ। कलाकार भनेको खुला आकाश हो । तर राजनीतिक दलले कलाकारहरुलाई विभाजन गरिरहेका छन् । उनलेभने खुला आकाशलाई किन विभाजन गर्ने ? कोही कलाकार कुनै दलमा भएकै कारण कुनै ठाउँको कुनै पद उसलाई किन दिने भनेर प्रश्न गरिन्छ, भाँजो हालिन्छ।

एउटा दलमा भएको कलाकारले अर्को दलमा भएको कलाकारको नाम आएर त्यसलाई किन त्यो पद दिने भनेर रोक्छ। चलचित्र बोर्ड र सांस्कतिक संस्थानमा चाँडै नै प्रमूख पद खाली हुँदैछ। यसका लागि अहिले नै दौडधूप शुरु भएको छ।हामी आफैँमा नमिलेसम्म यो क्षेत्रका लागि केही गर्न कठिन हुनेछ। पछिल्लो समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पनि कलाकारकै बीचमा एकता खटकेको बताए ।

हो म पनि एउटा पार्टीमा आवद्ध छु। तर हामी जोकोही जुनसुकै पार्टीमा आवद्ध भए पनि, जुन विचारको भए पनि यो क्षेत्रको हक हितको लागि एक भएर किन काम गर्न सक्दैनौं? उनको प्रश्न थियो । अभिनेता, निर्माता तथा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कलाकर्मी एकअर्काको बिपरित गईरहेको बताए।

हामी एक अर्काको विपरीत गएकोले अस्तित्व गुमाइरहेका छौं। एक भएर गयो भने जे पनि गर्न सक्छौँ। हाम्रो क्षेत्रको कुनै पनि समस्याको समाधान वा विकास र हतहितका लागि हामी कुनै पनि विभागिय मन्त्रीदेखि प्रधानमन्त्रीसम्म तथा सबै निकाय र संस्थासँग तत्काल सम्पर्क गर्न सक्छौँ।

हामी सबै एक भएर एकै मुख बनाएर गए कसैले पनि कुनै पनि कुरालाई नाईं भन्न सक्दैनु अधिकारीको भनाई थियो तर हामी त्यहाँ गएर एक अर्काको विपरित भइदिने गरेकाले भने जसरी अघि बढ्न सकिरहेका छैनौँ । स्थानिय तहको निर्वाचन अघि नेकपा (एमाले) मा प्रवेश गरेकी अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले आफुहरु जुनसुकै दलमा गए पनि फिल्म क्षेत्रकै लागि काम गर्ने बताइन्। नेपाली सिनेमा राष्ट्रिय अब ठुलो भइसक्यो।

यती ठूलो राष्ट्रियको लागि हामीले म वा मेरो भनेर होइन हामी वा हाम्रो भनेर सोच्नु पर्यो। हो हामी कलाकार विभिन्न पार्टीमा छरिएका होलाउँ। तर हाी जुन पार्टीमा गए पनि हामीले गएर बोल्ने भनेको सिनेमा नै हो करिश्माको भनाई थियो।अभिनेत्री, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले भने हाल केही अभिनेत्रीले विभिन्न पार्टीमा समावेश भएर योद्धाको काम गरिरहेको चर्चा गरिन्।

अभिनेत्री, निर्मात्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य रेखा थापाले कलाकारलाई हेर्ने नजर उच्च रहेको पाएको बताइन्। म धेरै ठाउँमा पुगेकी छु । जहाँ गए पनि हामी कलाकारलाई हेर्ने दृष्टिकोण उच्च कोटिको रहेको पाएको छु। कलाकारले राजनितीमा केही गर्न सक्दैन। राज्य र देश हाँक्न सक्दैन भन्ने गरिन्छ। त्यसो भन्नेका लागि बलेनको विजयले गलत साबित गरिसकेको छ। हामी कलाकार मनोरञ्जनको साधन मात्रै होइनु रेखाले भनिन्।