भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी पुन: काठमाडौं फर्कियो

0
Shares

काठमाडौँ ।

काठमाडौंबाट झापाको भद्रपुर जादै गरेको ९५३ उडान नम्बरको विमान आकाशबाटै काठमाडौं विमानस्थल फिर्ता भएको छ । जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए।

उनका अनुसार जहाजमा प्राविधिक समस्या देखिएका कारण भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजलाई तत्कालै फिर्ता बोलाएर काठमाडौंमा सुरक्षित अवतरण गराइएको हो। अहिले प्राविधिक टोलीले जहाजको निरीक्षण गरिरहेको उनले बताए।

काठमाडौँबाट ६९ यात्रु लिएर भद्रपुर जान लागेको उक्त जहाजमा समस्या आएपछि बुद्ध एयरकै अर्को जहाजबाट सबै यात्रुलाई पठाइएको कर्णले बताए।

उक्त विमान काठमाडौं फिर्ता हुँदा केही समय काठमाडौं विमानस्थल बन्द गरिएको थियो।