अन्तजातीय विवाहसम्बन्धी वास्तविक कथा बुनिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
रियल जोडी लक्ष्मी बर्देवा र जीवन भद्मराईको अभिनय रहेको जात बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। डीएआर मुभिजको प्रस्तुति रहेको गीतमा प्रभावन जे को शब्द, संगीत र एरेन्ज रहेको छ।
रामकुमार नेपाली र बेनिशा पौडेलद्वारा स्वरबद्ध गीतको भिडियो डीएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियो अभिनेत्री लक्ष्मी बर्देवा स्वयंले निर्देशन गरेकी छन्। भिडियोमा अन्तर्जातीय विवाह गरेको लक्ष्मी र जीवनको रियल जोडीले अभिनय गरेका छन्।
भिडियोमा भने जातीय विभेदले छुटेको प्रेमकथा देखाउन खोजिएको छ। ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन रहेको भिडियोमा कृष्ण गौतमको सम्पादन रहेको छ।











प्रतिक्रिया