सनिस र केशु मिस्टर र मिस सुपरनेसनल

0
Shares

राजधानीमा आयोजित मिस्टर एन्ड मिस सुपरनेसनल २०२२ को उपाधि सनिस श्रेष्ठ र केशु खड्काले चुमेका छन्। दुवै विजेताले सात लाख रुपियाँ बराबरको उपहार पाएका छन् भने जुलाईमा पोल्यान्डमा हुने मिस्टर एन्ड मिस सुपरनेसनलमा नेपालको प्रतिनिधत्व गर्ने अवसर पाउनेछन्।

सनुर्वी इन्टरनेसनल प्रालिद्वारा आयोजित प्रतियोगितामा मानस कुमार राई र अदीति अधिकारी फष्ट तथा अनिश कार्की र ऐरि तुलाधर सेकेन्ड रनर्सअप भए।

इमेज टेलिभिजनबाट प्रसारण भएको प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिए भने मिस्टर सुपरनेसनल २०२१ भरो भार्गोस, मिस सुपरनेसनल २०१९ एन्टोनियो पोर्सिल्ड, मिस सुपरनेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले, मिस्टर एन्ड मिस सुपरनेसनल नेपालका राष्टिझय निर्देशक डा. सन्तोष उपाध्याय, सोनना अमात्य र किशोर महर्जन निर्णायक रहेका थिए।