खोजी मोडलको

0
Shares

नेक्स्ट मोडल्स नेपालले मोडल हन्ट नेपालको साताै‌ं संस्करण शुरु गरेको छ। १८ देखि २८ वर्ष उमेर समूहका युवा-युवतीले सहभागिता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तिमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तिमा ५ फिट २ इन्च उचाइ हुनुपर्ने प्रावधान राखिएको छ।

प्रतियोगिताको अडिसन आगामी असार ४ गतेदेखि शुरु हुने आयोजकले जनाएका छन्। अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, -याम्प वाक, बडील्याध्र्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ।

प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाख बराबर उपहारसहित सेप्टेम्बर १ देखि १५ सम्म थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्टिझय मोडलिङ प्रतियोगिता सुपर मोडल इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।