प्रेम र मित्रतामा बाबरी



आगामी भाद्र ३१ गते अल नेपाल रिलिज हुने फिल्म बाबरीको टिजर सार्वजनिक गरिएको छ।धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकरको प्रमुख भूमिका रहेको फिल्मको एक मिनेट २० सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो।

मित्रता र प्रेमलाई झल्काउने फिल्मको टिजरमा धिरजले अदितिलाई फकाउँदै गरेको देखाइएको छ। त्रिकोणात्मक प्रेमकथाको फिल्म निर्देशक तथा फिल्म सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।

फिल्मका कथा लेखन पनि उनकै छ। बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको ब्यानरमा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकीद्वारा निर्मित फिल्ममा बादल भद्म, कमणमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनीता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङलगायतका कलाकारले पनि अभिनय गरेका छन्।

सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्ममा रित सिंह बोहोरा, सिजद दाहाल, मनोज त्रिपाठी र किशोर नेपालको पटकथा र संवाद, कालीप्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुध्रको संगीत, एन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी तथा नरेन्द्र मैनालीको छायांकन रहेको छ। फिल्म काठमाडौं, झापा, मोरध्र र भारतको उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्