सौन्दर्यमा करिश्मा र बेनिशाको विश्वास

0
Shares

सौन्दर्यशाली अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले आफूले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने तथा बाल्यकालदेखि यसप्रति निकै सजक भएको बताएकी छन्। हालै राजधानीमा आयोजित एक समारोहबीच जापानको अन्तर्राष्टिझय उत्पादन ब्युटी कस्मेटिक डीएचसीको स्किनसम्बन्धि विभिन्न २१ उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले सो जानकारी गराएकी हुन्।

हलिउडका कलाकारले महङ्कवका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा खुसी व्यक्त गर्दै करिश्माले जापानमा कस्मेटिक अवार्ड जितेको यो उत्पादनप्रति आफू विश्वस्त भएको बताइन्।कार्यक्रममा करिश्माका साथमा बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमान्चल टझेडिङका अध्यक्ष नारायणप्रसाद न्यौपाने, प्रवन्ध निर्देशक सुजन न्यौपाने, डीएचसीका नेपाल सेल्स मेनेजर कमल भारतीले ती सौन्दर्य सार्वजनिक सार्वजनिक गरेका थिए।

अभिनेत्री बेनिशा हमालले विश्वमा प्रतिसेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डीएचसी आफूहरुको लागि झनै उपयोगी हुने गरेको उनले चर्चा गर्दै नायिका भएका कारण आफू छालाको सुन्दरता र स्वास्थ्यप्रति निकै सजक भएको र विदेशबाट मगाउने गरेको उत्पादन अब नेपालमै पाउँदा खुसी लागेको बताइन्।

मोडल उषा उप्रेतीले नारीको सुन्दरतामा ब्युटी उत्पादनको निकै महङ्कव हुने गरेको चर्चा गरिन्। नेपालमा डीएचसीको उत्पादन भित्र्याउन सफल कम्पनी हिमाञ्चल टझेडिङका प्रबन्ध निर्देशक सुजन न्यौपानले जापानमा क्लिनिकली प्रमाणित भएको आईएसओबाट प्रमाणित डीएचसीको उत्पादन ३५ भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको बताए।