प्रधानसेनापति शर्मा अमेरिका जाँदै


काठमाडौं  ।

सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई यूएनआईएफआईएलएल लेबनान र यूएनडीओएफ सिरिया तथा अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिनुभएको हो ।