सरकारमा सहभागी नगराएको भन्दै जसपा रुष्ट, अब प्रतिपक्षमै बस्ने !

0
Shares

धनगढी । केन्द्रमा सत्ता साझेदारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिममा भने प्रतिपक्षी दलको लाइनमा बसेको छ । आज (सोमबार)देखि सुरु भएको उक्त प्रदेशको १०औं अधिवेशनमा जसपाकी प्रदेशसभा सदस्य मालामति रानाले जसपा प्रतिपक्षीको लाइनमा बसेको बताइन् ।

९औं प्रदेशसभासम्म सरकारकालाई समर्थन गरेको जसपा सरकारमा सहभागी नगराइएको भन्दै चैतदेखि रुष्ट बनेको हो । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराए पनि जसपालाई सरकारमा सहभागी नगराएपछि उसले चैत २६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो ।

चैत २५ गते अघि सम्म सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीमात्रै सरकारमा सहभागी थियो भने नेपाली कांग्रेस र जसपाले सरकारलाई समर्थनमात्रै गरेको थियो । अव सुदूरपश्चिम प्रदेश सभामा तीन दल जसपा, लोसपा र नेकपा (एमाले) प्रतिपक्षमा बस्ने छन् ।