बालेन र प्रधानसेनापतिबीच भेटवार्ता, के भयो कुराकानी ?

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साह (बालेन)ले पदभार सम्हालेलगत्तै प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डामा नै पुगेर उनले भेटवार्ता गरेका हुन् ।

मेयरको शपथग्रहण तथा कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग बालेनले भेटवार्ता गरेका छन् । भेटको क्रममा मेयर बालेनले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका थिए । साथै राष्ट्रिय सुरक्षामा सेनाले पुर्याएको योगदानको समेत प्रशंसा गरे ।

भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । दुई जनाबीच भएको भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमति भएको जनाइएको छ ।