विमान दुर्घटनाप्रति प्रधानमन्त्री देउवाको दुःख व्यक्त, परिवारजनप्रति समवेदना प्रकट

0
Shares

काठमाडौं । तारा एअरको विमान दुर्घटनाको घटनाप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् भने परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री देउवाले आफ्नो समाजिक सञ्जालमार्फत दुःख व्यक्त र समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्री देउवाले समाजिक सञ्जाल ट्वीटरमा लेखका छन्, ‘पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको वाहक जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबैको निधन भएको खबरले निकै दुःखी भएको छु ।’ यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनु हुने विमान चालक दलका सदस्य र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।