विमान दुर्घटना : अझै एक जनाको शव फेला परेन

0
Shares

काठमाडौं । आइतबार विहान तारा एअरको विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये एक जनाको शव अझै फेला परेको छैन ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक जनाको शव फेला नपरेको जानकारी दिए । उक्त शवको खोजी कार्य भइरहेको प्रजिअ शर्माले बताए ।

हिजो (आइतबार) थासाङ गाउँपालिका–२ सानुसरेमा विमान दुर्घटना भएको थियो । तर, मौसम प्रतिकूलताका कारण खोजी कार्य प्रभावित भएको थियो ।

आज (सोमबार) विहान मौसममा सुधार आएपछि खोजीका लागि नेपाली सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेका उनीहरुले विमान दुर्घटनानाग्रस्त अवस्थामा फेला परेका थिए ।

दुर्घटनामा परी सबैको ज्यान गएको छ भने २०जनाको शव फेला परेको छ । एक जनाको भने हालसम्म पनि शव फेला परेको छैन । विमानमा चालक दलका ३ सदस्य र १८ जना यात्रुसहित २१ जना सवार थिए ।