उपमेयर सुनिता भन्नुहुन्छ : अब दलगत भावना त्याग्नुपर्छ


काठमाडौं ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले दलीय भावना त्याग्नुपर्ने बताउनुभएको छ । आज सुन्धारा स्थित महानगरपालिकाको मुख्यालय रहेको जेडिइ भवनमा पदभार ग्रहण गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

हामी चुनावी प्रतिस्पर्धामा दल र स्वतन्त्र भएर निर्वाचनमा सहभागि भएका थियौ । अब जित भएपछि यो वा त्यो दल नभनी जनताको सेवामा लाग्नुपर्छ–उहाँले भन्नुभयो । पदभार ग्रहणको क्रममा उहाँले आपसी सहमति र सहकार्यमा अघि बढेमा मात्र काठमाडौलाई सुन्दर काठमाडौं बनाउन सकिने बताउनुभयो ।

तस्विर : ईश्वरराज ढकाल

पदवहाली गर्दै उहाँले पत्रकारसंग गर्नुभएको कुराकानीको भिडियो रिपोर्ट