‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’ : इन्द्रसिंह शेरचन

0
Shares

पोखरा ।

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् ।

स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए । ‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’ त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।