काठमाडौं ।
कक्षा १२ को परीक्षा आजबाट शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षामा ४ लाख १० हजार ५० जना विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो । बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाका लागि देशभर १ हजार २ सय ९२ केन्द्र कायम गरिएको छ ।
बोर्डले यो वर्ष पनि अनलाइनबाटै प्रश्नपत्र पठाउने जनाएको छ । परीक्षा शुरू हुनु करिब आधा घण्टाअघि प्रश्नपत्र पठाइनेछ । परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्न निर्देशन दिएको छ । बोर्डले सोहीअनुसार बजेट विनियोजन पनि गरिसकेको जनाएको छ ।
प्रतिक्रिया