पोखरा ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको १५ घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन । सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन ।
लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९: ५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाउनु भएको थियो । २५ वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरेसहितको टोलीको अवस्था यो समाचार तयार पारुन्जेल अज्ञात रहेको छ । क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए । २५ वर्षे अनुभवी पाइलट क्याप्टेन हुनुहुन्छ घिमिरे । उहाँसँगै थिए २५ वर्षे को–पाइलट उत्सव पोख्रेलले उडान भर्नुभएको थियो । घिमिरेको जहाज चलाउने अनुभव र को–पाइलटको उमेर एकै छ ।
को–पाइलट जन्मदादेखि जहाज चलाउन थाल्नु भएका घिमिरेसँग रहनु भएका रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आउनुभएको हो । नेपाल आएलगत्तै तारा एयरमा को–पाइलटको रूपमा उहाँको अनुभव भने एक वर्ष मात्रै रहेको छ ।आइतबार पोखराको मौसम सफा थिएन । मुस्ताङको पनि मौसम सफा थिएन । जोमसोम जाँदा १० हजार ५ सय फिटको उचाइमा विमान उड्ने गर्छ तर, पहाडको फेदमा बादल देखिएकाले जहाज १२ हजार ५सय फिट उचाइमा बेपत्ता विमान उडेको थियो ।पोखरा टावरबाट सम्पर्क टुटेसँगै जोमसोम टावरमा जहाजको सम्पर्क भएको थियो । बिहान ९ बजेर ५५ मिनेटमा उडान भरेको जहाज अवतरणका लागि जोमसोम टावरसँग सम्पर्क गर्न खोज्दै थियो । जहाज १० बजेर १७ मिनेटमा अवरण हुनुपर्ने थियो ।

१० बजेर ११ मिनेटसम्म पनि जहाज सम्पर्कमै थियो तर, अवतरणका लागि सम्पर्क गर्न खोजेपछि भने जहाज सम्पर्कविहीन हुन पुगेको पोखरा नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।नागरिक उड्डयन प्राधिकरण पोखराका सूचना अधिकृत देवराज सुवेदीका अनुसार अवतरण गर्न पाँच मिनेट बाँकी रहँदा जहाज सम्पर्कविहीन भएको हो । पोखराबाट जोमसोमको लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाज प्रतिकूल मौसमका कारण फेला पर्न सकेको छैन ।चालक दलका सदस्यसहित २२ जना सवार विमानस्थल दुर्घटना भएको क्षेत्र नै यकिन हुन सकेको छैन । दुर्घटना मुस्ताङको थासाङ गाउँपालिकामा भएको अनुमान गरिए पनि कहाँ भएको हो भन्ने अझै पनि यकिन भएको छैन ।
यी थिए विमानमा सवार चालकदल र यात्रु
क्याप्टेन प्रभाकर घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिष्टी थापा रहेका छन् । सो विमानमा यात्रुहरू बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले,मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर रहेका छन् ।

जहाज दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका वडा ३ लेतेकै भुगोलमा भएको भन्ने अनुमान गरिए पनि यकिन भने नभएको थासाङ ३ का वडा अध्यक्ष हरिप्रसाद गौचनले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म दुर्घटना कहाँ भएको यकिन भइसकेको छैन तर, खोजी कार्य जारी छ ।
खराब मौसमका कारण खोजी कार्यमा कठिनाइ
शंकास्पद ठाउँ हाम्रै गाउँपालिका हो भन्नेमा सबैको ध्यानाकर्षण भएको छ । तर, कुन ठाउँमा हो भन्ने यकिन भएको छैन । अब यहाँ चाहिँ सबैको शंका मानापाथी हिमाल र धौवलागिरी हिमालको मुनितिर हुन सक्छ भन्ने भन्ने हाम्रो ठहर छ थसाङ गाउँपालिकाका उपाध्यक्ष सोमलाल हिराचनले जानकारी दिनुभयो ।मानापाथि हिमाल पुग्न ४–५ घण्टा नै लाग्छ । त्यसको तल तलसम्म त नेपाल प्रहरी र स्थानीय पुगेका थिए तर विमान फेला परेको छैन उहाँले भन्नुभयो ।

विमान खोजीका लागि गएको उद्धार टोली नाउरीकोटभन्दा माथि कोबाङको लेकसम्म पुगेको उहांले जानकारी दिनुभयो । ‘कोबाङको लेकसम्म उद्धार टोली पुगेको भएपनि त्योभन्दा माथि जान सम्भव नभएकाले उद्धार टोलीले खोजी कार्यलाई आज सोमबार बिहानको लागि स्थगित गरेको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार ठाडै पहाड छ, भिरको बाटो छ । पानी परेर बाटो चिप्लो भएकाले खोजी कार्य स्थगित भएको छ ।
तारा एयरको जहाज पोखराबाट जोमसोम जाँदै थियो । ९ एन–एइटी, डिएचसी–६ ट्विनअटर विमान पोखरा कन्ट्रोल टावरले जोमसोम कन्ट्रोल टावरलाई ह्यान्डओभर गर्ने बेलामा घोरेपानी आसपासको क्षेत्रबाट जोमसोम टावरलाई हस्तान्तरण हुन्छ र ह्यान्डओभर गरिसकेपछि जोमसोम कन्ट्रोल टावरमा सम्पर्कमा आइसकेपछि उसले पुनः ल्यान्डिङकालागि जोमसोम टावरलाई सम्पर्क गर्न खोज्दा विमानले सम्पर्क गर्न सकेको थिएन ।
अन्तिम सम्पर्क १० बजेर ११ मिनेटमा भएको थियो । विमान १० बजेर १७ मिनेटमा जोमसोममा ल्यान्ड हुने उडान तालिका रहेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले चार वटा हेलिकप्टर प्रयोग गरे पनि विमान बारेमा कुनै जानकारी प्राप्त हुन नसकेको बताउनुभयो ।
उहाँले नेपाली सेना, फिस्टेल र प्रभुको हेलिकप्टर प्रयोग गरे पनि कुनै जानकारी प्राप्त नभएको जानकारी दिनुभयो । उहाँले सेनासहितको टोली अहिले टुकुचेतर्फ गएको उहाँले जानकारी दिनुभयो । नेपाली सेना, नेपा प्रहरी लगायतको टोली पैदल जाँदै गरेको उहाँले बताउनुभयो ।
उहाँले मौसम बिग्रिएको र हिमाली क्षेत्र भएका कारण सेनाको टोली सोमबार विहान मात्रै घटना भएको भनिएको स्थलतर्फ पुग्न सक्ने बताउँदै दुर्घटनाबारे कुनै जानकारी नआएको बताउनुभयो ।
वायुयानको स्थिति अज्ञात: तारा एअर
तारा एअरले सम्पर्कविहीन रहेको विमानको स्थिति अज्ञात रहेको प्रेस विज्ञप्तीमार्फत् जानकारी गराएको छ । आइतबार साँझ विज्ञप्ति निकाल्दै अहिले खोजी कार्य भइरहेको र सामाजिक सञ्जालमा आएका फोटो, भिडियोको असान्दर्भिक प्रयोग भएको समेत जनाएको छ ।
आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार हुनुहुन्थ्यो ।
यति एयरकै पाइलट लामा बिदा मनाउन जोमसोम जानु भएको थियो । पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाउनुभएको थियो । आफ्नो ड्यूटी सकेर बिदा मनाउन भनेर उहाँ जोमसोम जानुभएको थियो ।यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भर्नुभएको थियो । बिहान जहाज उडाएर पछि पाइटल घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । सोही उडानमार्फत उहाँ जोमसोमतिर जानु भएको थियो ।विमान दुर्घटना भएको खबर पाएपछि आफन्तहरू पोखरा विमानस्थल पुगेका थिए । हराएका आफन्तका बारेमा कुनै जानकारी नपाएपछि रुवाबासी चलेको थियो ।











प्रतिक्रिया