पोखरा ।
बिहान ९: ५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ। नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएको छ।
सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएका हुन्। विमानमा अहिले पनि आगो लागिरहेको छ।
-तस्विर : सरु सुनारकाे सामाजिक सञ्जाल











प्रतिक्रिया