वनको किचलोमाथि दोख


कुशल अभिनेता तथा निर्देशक अनुप बरालद्वारा निर्देशित फिल्म दोख आगामी असार २४ गतेबाट रिलिजमा आउने भएको छ। माओवादी द्वन्द्वको कथाको झल्को दिने फिल्ममा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँबीचको किचलोको कथा बुनिएको निर्देशक बरालले बताए।

उनका अनुसार फिल्म माओवादी द्वन्द्वताकाकै कालखण्डको कथा भएको पनि प्रष्ट्याए। उनका अनुसार सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्। अर्थात् फुटबल खेलमा जसले जित्छ, वनमाथि उनकै रजाई चल्छ। तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन।

सविन ज्ञवाली र मनोज अधिकारीद्वारा निर्देशित फिल्ममा मनीष निरौला, दिया मास्के, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगरलगायतका कलाकारले अभिनय गरेका छन् भने राजन कटैतको लेखन, आभास र पुष्प संगमको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। भीम न्यौपाने, ओम गुरुङ र रञ्जु वाग्ले फिल्मका कार्यकारी निर्माता रहेका छन्।