पहिलो राष्ट्रिय गीतमा एलिशको नयाँ संगीत


युगकवि सिद्धिचरण श्रेष्ठको १११औँ जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमका बीच उनीद्वारा रचित नेपालकै पहिलो राष्ट्रिय गीत जय जय नेपालमा उदीयमान संगीतकार एलिश कार्कीले नयाँ संगीत भरेका छन्।

एलिसद्वारा पुनर्संगीत गरिएको सो गीत हालै भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित एक समारोहबीच प्रमुख अतिथि परराष्ट्रपति नन्दबहादुर पुन र प्रधान सेनापति प्रभुराम शर्माले सार्वजनिक गरे। युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा आयोजित समारोहमा राष्ट्रिय गीत निर्माणमा लामो समयदेखि सक्रिय तथा नेपाली संगीत स्तरोन्नतिमा क्रियाशील संगीतकार एलिश कार्की, गायिका गीता पाण्डे र संगीत संयोजक राजेशकुमार श्रेष्ठलाई उपराष्ट्रपति पुनबाट कदरपत्र प्रदान गरिएको थियो।

सोही अवसरमा यस वर्षको युगकवि सिद्धिचरण पुरस्कार सिस्नुपानी नेपाल संस्थालाई प्रदान गरिएको छ। त्यसैगरी, २०७७, २०७८ र २०७९ सालको सिद्धिचरण युवा पत्रकारिता पुरस्कार नगदसति क्रमशः गजुरधन राई, पारसप्रकाश नेपाल र लहना मिडियालाई प्रदान गरिएको छ।
युगकवि श्रेष्ठमा मेरो प्यारो ओखलढुंगा, हिमगिरी मन्डित, निर्झर, भीमसेन थापा, शबरी, जँनकिरीलगायतका रचना सर्वाधिक चर्चामा छन्। उनका मेरो प्रतिबिम्ब, कोपिला, कुहिरो र घामलगायतका कविता संग्रह तथा उर्वशी, ज्यानमारा शैल, आँसुलगायतका कृति अभैm पनि पठनीय सामग्रीका रूपमा रहेका छन्।