यमुनामाई गाउँपालिकामा लोसपा विजयी 

0
Shares

रौतहट

रौतहटमा पहिलो पल्ट लोकतान्त्रिक समाजवादी पार्टीले खाता खोलेको छ । रौतहटको यमुनामाई गाउँपालिकाको प्रमुख पदमा लोकतान्त्रिक समाजवादी पार्टीका मोहम्मद साउद २ हजार ८ सय २९ मत र उपप्रमुख पदमा अनुराधा कुमारीले २ हजार ५ सय ३ मत प्राप्त  गरी विजयी हुनु भएको छ ।

उहाँहरुको निकटतम प्रतिस्पर्धीमा नेकपा माओवादी केन्द्रका भगत नारायण राय यादवले १ हजार ९ सय ९४ र उपप्रमुखमा सीमा कुमारी पटेलले १ हजार ९ सय ७१ मत प्राप्त गर्नु भएको छ ।

यस्तै वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नन्दलाल राय यादव ,वडा नम्बर २ मा नेपाली काँग्रेसका सीताराम यादव, वडा नम्बर ३ मा नेकपा एकीकृत समाजवादीका शेष समिर आलम, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका असबनी राय, वडा नम्बर ५ मा नेकपा एमालेका सीबेन्द्र कुमार साह विजयी हुनु भएको छ ।