काठमाडौं महानगरका १५ वडाको मतगणना सम्पन्न : सिर्जना सिंहभन्दा केशव स्थापित ८ सय बढी मतले पछि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा गठबन्धकी साझा तथा नेपाली कांग्रेसकी उम्मेदवार नेकपा (एमाले)का केशव स्थापितभन्दा ८ सय बढी मतान्तरले अग्रता लिएकी छन् ।

यद्यपि स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । पछिल्लो परिणाम अनुसार १ लाख १६ हजार ८ सय ८५ गणनामा शाहले ४१ हजार २ सय ७९ मत पाएका हुन् ।

सिर्जना सिंहलाई १७ हजार ४ सय २४ मतले पछि पारेका छन् भने सिंहले २३ हजार ८५५ मत पाएकी छन् ।

अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, २४, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्