धुलिखेल नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी



काभ्रे । 

काभ्रे जिल्ला धुलिखेल नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पाटी एमाले र उपप्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार बिजयी हुनुभएको छ । नेपाली कांग्रेसका बागी अर्थात् स्वतन्त्र (जेब्रा चिन्हका) उमेदवारलाई पराजित गदै प्रमुख पदमा एमालेका अशोक कुमार व्याञ्जु श्रेष्ठ र उपप्रमुख पदमा एमालेका लालतारा अधिकारीलाई पराजित गर्दै नेपाली कांग्रेसका निराजन जंगम बिजयी हुनुभएको हो ।

व्याञ्जुले स्वतन्त्र उमेदवारलाई ९ सय ४० मत अन्तरले पराजित गर्नुभएको हो । व्याञ्जुले ८ हजार ३ सय ५१ मत तथा उहाँका निकटतम प्रतिद्धन्द्धी बस्नेतले ७ हजार ४ सय ११ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले जनाएको छ ।उपप्रमुखमा कुल १ सय ४७ मतले बिजयी जंगमले ७ हजार ९ सय ३८ र निकटतम प्रतिद्धन्द्धी एमालेका उमेदवार लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गर्नुभएको छ । कुल १२ वटा वडा रहेको धुलिखेल नगरपालिकामा वडा नं २, ३, ५, ११ र १२ गरि ५ वडा वडा एमाले, वडा नं ७ मा राप्रपा र वडा नं १, ४, ६, ८, ९ र १० गरि ६ वटा वडाको नेतृत्व नेपाली कांग्रेसले लिएको छ । २०७४ को निर्वाचनमा नगर प्रमुख र उपप्रमुख दुबै पदमा एमालेले नेतृत्व लिएको थियो । यसपटक प्रमुख पदमा व्याञ्जु दोहोरिनुभएको छ ।

 

२०७४ मा वडा नं ८ मा एमालेबाट वडा अध्यक्षमा विजयी हुनुभएका जंगम यसपटक पार्टी परिवर्तन गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभै नेपाली कांग्रेसबाट उपप्रमुख पदमा नेपाली कांग्रसबाट उमेदवार बन्नुभै बिजयी हुनुभएको छ । धुलिखेल नगरपालिकामा कुल मतदाता २५ हजार ४ सय ७० मतदाता रहेकोमा १९ हजार ८ सय ६५ मत खसेको मध्ये १ सय ९६ मत बदर भएको र १९ हजार ६ सय ६९ मत सदर भएको थियो । उक्त मतगणना कार्य २०७९ जेठ ६ गते ५ बजे सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्