धुलिखेलमा मत गणना सुचारू



काठमाडाै‌‌ ।

धुलिखेलमा मतगण्ना सुरु भएको छ । सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाँकी रहेको ४ वटा वडामा छुट्टै नियम लागू गर्न पर्यो भन्दै एमालेका उम्मेदवार अशोक कुमार व्याञ्जुले बखडा झिकेपछि नगरपालिकाको मतगणना स्थगित भएको थियाे  ।  पछिल्लो मत परिणाम अनुसार धुलिखेल नगर प्रमुखमा एमालेका उम्मेद्वार व्याञ्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेत बीच प्रतिस्पर्धा भैरहेको छ । यस्तै उपमेयर कांग्रेसबाट निराजन जंगम र एमालेबाट लालतारा अधिकारीबीच  प्रतिस्पर्धा भैरहेको छ ।

धुलिखेल ९ मा खसेको २०४० मतमा १२०० गणना हुँदा

प्रमुखमा प्राप्त गरेको मत
जेब्रा‍‍= ७९७
सुर्य =२५०
उपमेयरमा प्राप्त गरेको मत
रुख =६३३
सुर्य= ४०३
वडा अध्यक्षमा प्राप्त गरेको मत
रुख =६९५
एमाले =३५१

प्रतिक्रिया दिनुहोस्