धुलिखेलमा रोकिएको मतगणना सूचारु गर्ने तयारी

कानुन अनुसार मतगणना गर्न आयोगकाे निर्देशन



काभ्रे ।

धुलिखेल नगरपालिकामा रोकिएको मतगण्ना कार्य ७ बजे देखि शुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलले मतगणनाका बारेमा भएको अस्पस्टताका सन्दर्भमा निर्वाचन आयोगलाई बुधबार विहान पत्र लेखेर स्पट गरिदिन अनुरोध गरेको थियो ।

‘मंगलबार साँझ मतगणना कार्य सूचारु हुँदै गर्दा कानुन र निर्देशिका विपरित मत सदर र बदर भएको विषयलाई लिएर स्थगित भएको मतगणना सर्वदलिय बैठक बसेर छिट्टै शुरु गर्ने तयारी गरिएको छ’ – मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत एवं सूचना अधिकारी शेषराज दाहालले भन्नुभयो–‘निर्वाचन आयोगमा सोधिएको पत्रको अस्पटताका बारेमा स्पस्टता गरिएको छ । आयोगले कानुन र निर्देशिकामा भए अनुसार मतगणना कार्य निरन्तर गर्नु भन्ने ब्यहोरा उल्लेख गरेर पत्र पठाएको छ । सर्वदलिय बैठकमा उक्त विषय जानकारी गराएर मतगणना शुरु गर्नेछौं ।’

निर्वाचन आयोग आफैले मतगणनामा त्रुटी भएको स्विकार गरेको छ । मतगणनामा एउटै पदका लागि दुई निर्वाचन चिन्हमा स्वस्तिक चिन्ह प्रयोग भएको पाईएमा बदर हुन पर्ने मतलाई यस अघि सदर गरिदै आएको थियो । निर्वाचन आयोगका सदस्यले मतगणनाको अनुगमन गर्ने क्रममा गलत मतलाई पनि सदर भएको देखे पछि मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईलाई तत्काल सच्उन निर्देशन दिईएको थियो ।

मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलिय बैठक राखेर उक्त विषयमा जानकारी गराउन खोज्दा सत्ता गठवन्धन र गठवन्धनकै तर्फका बागी उम्मेदवारले पुरानै शैलीलाई निरन्तरता दिनु पर्ने बताएका थिए । त्यसो गर्दा गठवन्धनका उम्मेदवारलाई भन्दा निर्वाचन चिन्हमाउम्मेदवार नै नभएको अवस्थामा र बागी उम्मेदवारको निर्वाचन चिन्ह दुबैमा मतदान गरेको अवस्थामा पनि त्यो मतपत्र सदर हुँदै आएको थियो । त्यसो गर्दा बागि उम्मेदवारका पक्षमा करिव ७ सय मत सदर भएको छ ।

कानुन र निर्देशिका दुबै विपरित भएको मतगणना कार्य रोक्दै कानुन अनुसार गर्ने आयोगको निर्देशन सँगै वडा नम्वर ९, १०, ११ र १२ को मतगणना हुनेछ । यस अघि गणना भईसकेको मत पुनः गणना हुने छैन ।

प्रतिक्रिया दिनुहोस्